७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

शम्भु थापा लगायतलाई आचारसंहितामा बस्न महान्यायाधिवक्ता बडालको चेतावनी

१६ जेठ, काठमाडाैँ । महान्यायाधिवक्ता रमेश बडालले आचारसंहितामा बस्न  अधिवक्ताहरूलाई अनुरोध गर्नुभएको छ । उहाँले बरिष्ठ अधिवक्ताहरु शम्भु थापा लगायतले समेत हैसियत बिर्सेर अनावश्यक बखेडा झिकिरहेको भन्दै  आचारसंहितामा ध्यान नदिए बार काउन्सिलले सचेत गराउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘नेकपा नाम राख्ने निर्णय एमाले र माओवादी केन्द्रको केन्द्रीय कमिटीले गरेका थिए। त्यो मुद्दा र यो मुद्दाको कुनै साइनो छैन। यदि बमकुमार श्रीमान, तेजबहादुर केसी र प्रधानन्यायाधीश भएको इजलासले यो मुद्दा हेर्न मिल्दैन भने प्रधानमन्त्री केपी शर्मा ओली विपक्ष बनाइएको मुद्दा कुनै पनि अदालतले हेर्न मिल्दैन । यसरी कुनै पनि श्रीमान बाँकी रहनु हुन्न ।‘ महान्यायाधिवक्ता बडालले न्यायाधीशले गरेका फैसलाका आधारमा इजलासमा बस्न नमिल्ने हो भने संवैधानिक इजलासमा कुनै पनि न्यायाधीश बाँकी नरहने दाबी गर्नुभयो ।

प्रकाशित मिति : May 30, 2021 at 1:54 pm