७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

सांसद विकास कोष खारेज, भ्रष्टाचारको दायरा घट्ने

१५ जेठ, काठमाडौँ । सरकारले सांसद विकास कोष (स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम) खारेज गरेको छ । कोरोनाको कारण देखाउँदै सरकारले कोष खारेज गरेको हो । योसँगै भ्रष्टाचारको दायरा घट्ने भएको छ । सांसदहरूले पहिल्यै कमिसन निश्चित गरेर आफू निकटका व्यक्तिको उपभोक्ता समिति बनाएर बजेट दुरूपयोग गर्दै आएको कोष सरकारले खारेज गरेको हो ।  बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोष खारेज गरिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 6:37 pm