७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

देशैभरका पत्रकारहरूको स्वास्थ्य उपचार निःशुल्क

१५ जेठ, काठमाडौँ । सरकारले देशैभरका पत्रकारहरूको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पाैडेलले शनिबार आगामी आर्थिक वर्षको आय व्यय विवरण सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकार लागि निःशुल्क उपचारका लागि व्यवस्था मिलउने घोषणा गर्नुभयो ।

उहाँले लोक कल्याणकारी विज्ञापन वापतको पैसा १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । त्यस्तै निजी सञ्चार मध्यमले विज्ञापन वापत प्राप्त गर्ने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने जानकारी दिनुभयो । उहाँले सात लाखसम्मको दुर्घटनाबीमाको व्यवस्था मिालइएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 29, 2021 at 6:17 pm