घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीले ५० प्रतिशत घरभाडा छुट पाउने
१४ जेठ, काठमाडाैँ । सरकारले घर भाडामा लिएर उद्योग सञ्चालन गरेका उद्योगीहरुलाई ५० प्रतिशत भाडा छुटको व्यवस्था गर्ने भएको छ ।आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिएका हुन् । सरकारी, निजी र सहकारीका भावनमा सञ्चालन भएका उद्योगहरुले निषेधाज्ञाको समयमा ५० प्रतिशत भाडा छुट पाउने भएका हुन् ।
प्रकाशित मिति : May 29, 2021 at 5:30 pm





