सरकारी कर्मचारीका लागि खर्चसहित १० दिन भ्रमण बिदा
१५ जेठ, काठमाडाैँ । नेपाल सरकारले निजामति कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने भएको छ । अर्थमन्त्री विष्ण प्रसाद पौडेलले शनिबार बजेट भाषण मार्फत भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा गर्नुभएको हो । अर्थमन्त्री पाैडेलले आन्तरिक पर्यटन प्रवद्भन गर्न यस्तो नीति लिएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : May 29, 2021 at 4:54 pm





