७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

बृद्ध भत्ता ४ हजार पुग्याे

१५ जेठ, काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ । अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभएकाे छ । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयाे ।

बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

प्रकाशित मिति : May 29, 2021 at 4:51 pm