चरेससहित बर्दियामा ३ जना पक्राउ
१५ जेठ, बर्दिया । बर्दियामा ६९४ ग्राम लागूऔषध चरेससहित ३ जना पक्राउ परेका छन् । पक्राउमा पर्ने बर्दिया बढैयाताल गाउँपालिका ८ शितलाकार बस्ने ४८ वर्षीय बल बहादुर कामी, बाँके खजुरा गाउँपालिका ८ बस्ने २६ वर्षीय कमल विश्वकर्मा र ३२ वर्षीय काली बहादुर चदारा रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । प्रहरीले खानतलासी गर्दा कालो रंगको झोलाभित्र कालो प्लास्टिकमा लुकाई छिपाई राखेको लागूऔषध चरेस ६९४ ग्राम फेला परेको बर्दिया प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : May 29, 2021 at 2:58 pm





