संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवसका अवसरमा राष्ट्रपतिको शुभकामना
१५ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवसका अवसरमा शुभकामना दिनुभएको छ । ट्वीट मार्फत राष्ट्रपति भण्डारीले शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्रसंघ परिवारमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ ‘संयुक्त राष्ट्रसंघ शान्ति सेना दिवस‚ मे २९ को अवसरमा शान्ति सेनाको रूपमा खटिने सुरक्षाकर्मीसहित सम्पूर्ण राष्ट्रसंघ परिवारमा शुभकामना। शान्ति स्थापनार्थ खटिने क्रममा सहादत प्राप्त गर्ने शान्ति सेनाप्रति श्रध्दाञ्जली। नेपालले विश्वमा शान्ति स्थापनाका लागि निरन्तर योगदान गरिरहनेछ।’
प्रकाशित मिति : May 29, 2021 at 2:10 pm





