८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काेराेना अपडेटः २४ घण्टामा थपिए ६९३९ संक्रमित, ७२२६ संक्रमणमुक्त, १०६ जनाको मृत्यु

१३ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २०९९२ जनाको  पीसीआर विधिबाट परीक्षण गर्दा ६७३१ र ५७८ एन्टिजेन विधिबाट परीक्षण गर्दा २०८ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ७२२६ जना संक्रमणमुक्त भएका छन् ।  नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ । नेपालमा थप १०६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

प्रकाशित मिति : May 27, 2021 at 4:38 pm