नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन
१३ जेठ, काठमाडाैँ । नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ । सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार उहाँको सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति रहनुभएका केसी एक महिनादेखि अस्पतालमा रहनुभएको थियो ।
प्रकाशित मिति : May 27, 2021 at 10:05 am





