पत्रकार महासंघका अध्यक्ष चढेको कार दुर्घटना
१२ जेठ, रूपन्देही । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ भने अरु सकुशल रहेका छन् ।
बुधवार दिउँसो दाङ तुल्सीपुर जेसिज चोक नजिक उनीहरु चढेको गाडीलाई सोही दिशाबाट आएको गाडीले ठक्कर दिएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको दाङका अध्यक्ष केसीले जानकारी दिएका छन् ।
प्रकाशित मिति : May 26, 2021 at 8:21 pm





