नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने चिनियाँ राष्ट्रपति जिनपिङको घोषणा
१२ जेठ, काठमाडौँ । नेपाललाई चीनले १० लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने घोषणा छ । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।
चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने घोषणा गरेकाे हाे । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ ।
प्रकाशित मिति : May 26, 2021 at 5:47 pm





