काठमाडौँ उपत्यकामा थपिए १४९३ कोरोना संक्रमित
१२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ११३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काेराेना संक्रमणका कारण २४ घण्टामा थप १४५ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै,पछिल्लो २४ घण्टामा थप ६७१६ जना काेराेना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति : May 26, 2021 at 5:01 pm





