काेराेना अपडेटः २४ घण्टामा थपिए ६७१४ संक्रमित , ६७१६ संक्रमणमुक्त, १४५ जनाकाे मृत्यु
१२ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १९३० जनाको पीसीआर परिक्षण गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन परिक्षण गर्दा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ६७१६ जना काेराेना संक्रमणमुक्त भएका छन् । काेराेना संक्रमणका कारण २४ घण्टामा थप १४५ जनाकाे मृत्यु भएकाे छ ।
प्रकाशित मिति : May 26, 2021 at 4:46 pm





