प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा नेपालको आन्तरिक मामिलाः भारत
१२ जेठ, काठमाडौँ । भारतले प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचन घोषणा लगायत पछिल्ला राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।
बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागची ले विभिन्न सञ्चारमाध्यमबाट सोधिएको प्रश्नको उत्तर दिँदै नेपालको पछिल्लो घटनाक्रमलाई भारतले आन्तरिक मामिलाका रुपमा हेरेको बताउनुभयो । प्रवक्ता बागचीले भन्नुभयाे, यी घटनाक्रमहरू नेपालको आन्तरिक विषय हाे, उसलाई नेपालकै कानूनी संरचना तथा लोकतान्त्रिक प्रक्रियाअनुसार व्यवस्थापन गरिने आफूहरूको धारणा रहेको छ ।
एक छिमेकी र मित्रका रूपमा भारतले नेपाललाई सदैव समर्थन गर्ने र नेपाली जनताको प्रगति, शान्ति, स्थिरता तथा विकासको यात्रामा सहयोग गर्ने उहाले बताउनुभयाे ।
प्रकाशित मिति : May 26, 2021 at 1:00 pm



