८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

२४ घण्टामा थपिए ८६३६ काेराेना संक्रमित,१६९ को मृत्यु,६४०४ जना संक्रमणमुक्त

११ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ३०६ जनाकाे पीसीआर विधिबाट र ६३० जनाको एन्टिजेन विधिबाट  परीक्षण गर्दा ८६३६ जनामा  काेराेना संक्रमण पुष्टि भएको हो । याेसँगै देशभर कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ६४०४ जना काेराेना संक्रमणमुक्त भएका छन् । याेसँगै निको हुनेको कुल संख्या ४ लाख ४ हजार ८८७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितकाे संख्या १ लाख १७ हजार २६१ पुगेको छ । काेराेना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएको । याेसँगै काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ६७ सय पुगेको छ ।

प्रकाशित मिति : May 25, 2021 at 5:33 pm