८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भन्ने समाचार भ्रमपूर्ण छः सर्वोच्च अदालत

११ जेठ, काठमाडौँ। सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हालै भेट नभएको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा  फेक (भ्रमपूर्ण) रहेको बताउनुभएको हो ।

विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्था र विश्वासमा प्रतिकुल प्रभाव पार्ने बताएको छ ।

यता उक्त समाचारहरू फेक न्युजको पराकाष्टा भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभएको छ । पत्रकार जगन्नाथ दुलालले प्रधानमन्त्रीको निमन्त्रणमा प्रधानमन्याधिश ओल्लो गेटबाट छिरिबक्सो भन्ने समाचारका सन्दर्भमा लेखेको टिप्पणीमात्र प्रतिक्रिया जनाउँदै पौडेलले फेक न्युजको पराकाष्ठा बन्दै प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभएको छ ‘फेक न्युजको पराकाष्टा । अब फेरि केही दिन यस्तै फेक न्युजको भट्टी चल्छ भन्ने अनुमान छ । यसअघिको प्रतिनिधीसभाका बिषयमा पनि ५ जना न्यायाधीशका बिषयमा यसैगरी फेक न्युज चलाईयो र अन्तमा माफी मागियो । हामी लिबरल भयौं ।’

प्रकाशित मिति : May 25, 2021 at 4:04 pm