बाल मन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि
११ जेठ, काठमाडौँ । काठमाडौँको दुई बालमन्दिरका ४९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएकाे छ । नक्साल र सिफल बाल मन्दिरका ४९ जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको हाे। सिफल बाल मन्दिरका ७० जनाको परीक्षण गर्दा अहिलेसम्म ३६ जनामा काेराेना पोजिटिभ देखिएको छ । नक्सालको बालगृहमा केयर टेकरसहित २३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । काेराेना संक्रमित बालबालिकाहरू ८ महिनादेखि १८ वर्षसम्म उमेर समूहका रहेका छन् । उनीहरूमा खोकी, ज्वरोलगायतका सामान्य लक्षण रहेको छ ।
प्रकाशित मिति : May 25, 2021 at 2:48 pm



