८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा लम्ब्याइने

११ जेठ, काठमाडौँ । काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउनेबारे निर्णय गर्न आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञा थप गर्ने विषयमा छलफल गर्न प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्न लागेको हो । गत वैशाख १६ देखि लागू भइरहेको निषेधाज्ञा जेठ १३ गतेपछि पुनः थप गर्ने तयारी गरिएको छ। उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञाको अवधि यही जेठ १३ गते मध्यराति १२ बजे सकिँदैछ।

प्रकाशित मिति : May 25, 2021 at 11:00 am