प्रधानमन्त्री ओली र प्रधानन्यायधीश राणाको मध्यरातमा भेटवार्ता भन्ने समाचार भ्रमपूर्ण
११ जेठ, कठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको मध्यरातमा भेट भएको भन्ने समाचर फेक (भ्रमपूर्ण) रहेको पुष्टि भएको छ । इमेज खबर लगायतका केही अनलाइनले प्रधानमन्त्री ओली र प्रधानन्याधीशबीभ मध्यारातमा भेटवार्ता भनेर समाचार प्रकाशन गरेका थिए ।
उक्त समाचारहरू फेक न्युजको पराकाष्टा भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिनुभएको छ । पत्रकार जगन्नाथ दुलालले प्रधानमन्त्रीको निमन्त्रणमा प्रधानमन्याधिश ओल्लो गेटबाट छिरिबक्सो भन्ने समाचारका सन्दर्भमा लेखेको टिप्पणीमात्र प्रतिक्रिया जनाउँदै पौडेलले फेक न्युजको पराकाष्ठा बन्दै प्रतिक्रिया दिनुभएको छ ।
उहाँले भन्नुभएको छ ‘फेक न्युजको पराकाष्टा । अब फेरि केही दिन यस्तै फेक न्युजको भट्टी चल्छ भन्ने अनुमान छ । यसअघिको प्रतिनिधीसभाका बिषयमा पनि ५ जना न्यायाधीशका बिषयमा यसैगरी फेक न्युज चलाईयो र अन्तमा माफी मागियो । हामी लिबरल भयौं ।’
प्रकाशित मिति : May 25, 2021 at 8:25 am



