८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

सीसीएमसीको प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा नियुक्त

११ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाइ नियुक्त गरेको छ । सोमबार साँझ बसेको बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको प्रधानमन्त्रीका बैदिशक मामिला सल्लाहकार डा राजन भट्टराइले ट्वीट मार्फत जानकारी दिनुभएको छ । प्रमुखमा नियुक्त हुनुभएको शर्मा नेशनल डिफेन्स युनिभर्सिटीको अध्यक्ष समेत हुनुहुन्छ । उहाँलाइ यही सरकारले युनिभर्सिटीको अध्यक्षमा नियुक्त गरेको थियो ।

सीसीएमसीको प्रमुख शर्माले निर्देशक समितिको सदस्यसचिवको भूमिका पनि निर्वाह गर्नुहुनेछ । सो समितिमा प्रधानमन्त्री अध्यक्ष र सदस्यहरूमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य रहनुभएको छ ।

प्रकाशित मिति : May 25, 2021 at 8:10 am