८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

गोरखामा ढिस्काले पुरेर दुईको मृत्यु

१० जेठ, गोरखा । सिरानचोक गाउँपालिका–१ भीरसिंहमा आज माटाको ढिस्काले पुरेर दुई जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङका घरको परिसर निर्माण गर्ने क्रममा ३५ वर्षीय भीमबहादुर गुरुङ र ४८ वर्षीय काले गुरुङको सो दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

घटनालगत्तै स्थानीयवासी र प्रहरीसहितको टोलीले उद्धार गरी जौबारी स्वास्थ्यचौकीमा पु¥याए पनि चिकित्सकले साँझ करीब ७ बजे दुवैलाई मृत घोषणा गरे । भीरसिंहका दुवैको शव परीक्षणका लागि अहिले स्वास्थ्यचौकीमा राखिएको छ ।

प्रकाशित मिति : May 24, 2021 at 8:51 pm