कोरोना संक्रमणका कारण प्रहरीका डीएसपी समीरचन्द्र खरेलको निधन
१० जेठ, काठमाडाैँ । कोराेना संक्रमणका कारण नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । खरेलको सोमबार नेपाल प्रहरी अस्पतालमा निधन भएको हो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा गएर फर्किनुभएका खरेल पछिल्लो समय प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत हुनुहुन्थाे ।यसअघि प्रहरी अस्पतालमै काठमाडौँ प्रहरीका डीएसपी राजकुमार केसीको काेराेना संक्रमणका कारण मृत्यु भएको थियो ।
प्रकाशित मिति : May 24, 2021 at 5:29 pm



