२४ घण्टामा थपिए ७४२५ कोरोना संक्रमित, १८५ जनाकाे मृत्यु
१० जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९८४६ जनाकाे पीसीआर विधिबाट र ६०७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७४२५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट १८५ जनाकाे मृत्यु भएकाे छ ।
याेसँगै देशभर कोरोनाबाट मृत्यु हुनेकाे संख्या ६५३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ७१३५ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।
प्रकाशित मिति : May 24, 2021 at 4:37 pm



