८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

बारामा जन्ती बोकेको बस दुर्घटना, १९ जना घाइते

१० जेठ, वीरगञ्ज । बारामा जन्ती बोकेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । रौतहटबाट बिहेको जन्ति लिएर जितपुरसिमरा उपमहानगरपालिका-२० बसडिल्वातर्फ जान लागेको ना.४ ख.४७४९ नम्बरको बस दुर्घटनामा हुँदा ४ जना गम्भीर घाइते भएका छन् । अरू सामान्य घाइते भएका छन् । बस आफैँ अनियन्त्रित भइ  खेतमा पल्टिएको थियो । बसमा ४० जना सवार थिए । घाइतेलाई उपचारका लागि वीरगञ्ज ल्याइएको छ । ८ जना सामान्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाइएको प्रहरीले जनाएको छ । बस चालक अकलेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति : May 24, 2021 at 1:54 pm