राष्ट्रपतिमाथि महाअभियोग लगाउन नेपाली कांग्रेसका नेता थापाको प्रस्ताव
६ जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने प्रस्ताव गर्नुभएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले महाअभियोगको प्रस्ताव गर्नुभएको हो ।
थापाले भन्नुभएको छ ‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो । गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ रयिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
प्रकाशित मिति : May 20, 2021 at 10:31 pm



