पछिल्लाे २४ घण्टामा थपिए ८३०५ काेराेना संक्रमित, ६५४३ संक्रमणमुक्त
६ जेठ, काठमाडाैँ । पछिल्लाे २४ घण्टामा देशभर थप ८३०५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयाेगशालामा २१ हजार ६९५ जना पीसीआर र ३९२ जनाको एन्टीजेन परीक्षण गर्दा ८३०५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा ६५४३ जना कोरोना संक्रमणमुक्त भएको छ ।
याेसँगै नेपालमा हालसम्म ३ लाख ६६ हजार ९४६ जना कोरोना संक्रमणमुक्त हुनुभएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९० काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । हाल देशभर १ लाख १५ हजार ८५२ संक्रमित आइसोलेसनमा हुनुहुन्छ । आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९२ हजार ४९९ पुगेको छ भने ५८ सय ४७ संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति : May 20, 2021 at 5:41 pm



