८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

कोरोनाका कारण चितवनमा ९ जनाको मृत्यु

६ जेठ , चितवन । कोरोना भाइरसको सङ्क्रमणका कारण चितवनमा नौ जनाको मृत्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

प्रकाशित मिति : May 20, 2021 at 1:50 pm