तिब्बत सरकारद्धारा अक्सिजन, भेन्टिलेटर र आइसियु बेड हस्तान्तरण (फोटोफिचर)
६ जेठ, काठमाडाैँ । चीनको तिब्बत सरकाले नेपालका लागि अक्सिजन, भेन्टिलेटर र आइसियु बेड लगायत सहयोग गरेको छ । तिब्बत सरकारले नेपाली महावाणिज्य दूत नवराज ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । आज तिब्बतमा आयोजित एक कार्यक्रममा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरियो ।
ल्हासाका लागि नेपाली महावाणिज्य दूत नवराज ढकालका अनुसार केहीदिनमै ती सबै सामग्री नेपाल अाइपुग्नेछन । उहाँका अनुसार तिब्बत सरकारको सहयोगमा १५० सिलिण्डर लिक्विड अक्सिजन दिएको छ । जसबाट ४० केजी क्षमताका ६००० सिलिण्डरमा अक्सिजन भर्न सकिनेछ ।
त्यस्तै २०० थान आइसियु बेड, ५ थान भेन्टिलेटर, १० थान अक्सिजन कन्सन्टेटर पनि प्राप्त भएको छ । यी समाग्री भोलि र पर्सीमा खासामा पुग्नेछन । महावाणिज्य दूतावासले अन्य राज्यबाट तिब्बत हुुँदै अाउने समाग्री सहज ढुवानीका लागि समेत काम भैहरेको ढकालले जानकारी दिनुभयो । उहाँले सहयोग जुटाउन र अन्य समन्वय कार्यको लागी चीनको तिब्बत सरकार सँग महावाणिज्य दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै सहयोगका लागि तिब्बत सरकालाइ विशेष धन्यवाद दिनुभएको छ ।

प्रकाशित मिति : May 20, 2021 at 11:58 am



