गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार, चार मन्त्रीले लिए सपथ
५ जेठ, काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएकाे छ । मन्त्रिपरिषद् विस्तारमा पनि मुख्यमन्त्री गुरूङले पुरानै मन्त्रीहरूलाइ जिम्मेवारी दिनुभएकोछ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको सपथ लिनुभएको छ । प्रदेशको अर्थमन्त्री किरण गुरुङ, भाैतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन नियुक्त हुनुभएको छ ।
प्रकाशित मिति : May 19, 2021 at 4:16 pm



