८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

प्रहरीको मनोबल उच्च बनाउने अभियानका नेता खड्गजित बरालको निधन

५ जेठ, काठमाडाैँ । पूर्व प्रहरी महानिरीक्षक खड्गजित बरालको निधन भएको छ । ९३ वर्षीय बरालको आज बिहान निधन भएको उहाँको परिवारले जनाएको छ । नेपाल प्रहरीमा ‘गाँस’ (रासन), ‘बास’ (भवन) र ‘कपास’ (पोशाक) को व्यवस्था गरेर प्रहरीको मनोबल उच्च बनाउने श्रेय बराललाई जान्छ ।  उहाँ बिक्रम संवत २०२९ देखि २०३५ सालसम्म प्रहरी महानिरीक्षक बन्नुभएको थियो ।

प्रकाशित मिति : May 19, 2021 at 3:55 pm