शिक्षक संगठन र अनेरास्ववियू धादिङका पूर्व अध्यक्ष अर्यालको कोरोनाबाट मृत्यु
४ जेठ, धादिङ । शिक्षक संगठन धादिङका पुर्व अध्यक्ष बैकुण्ठ अर्यालको कोरोनाबाट मृत्यु भएको छ । उहाँको मंगलबार उपचारका क्रममा मृत्यु भएको नेकपा एमालेका नेता चन्द्र रिजालले जानकारी दिनुभयो । अर्याल अनेरास्ववियू धादिङको समेत पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ नेकपा (एमाले) नलाङका संस्थापक प्रमुख समेत हुनुहुन्थ्यो । कोरोना संक्रमण भएर श्वासप्रश्वासमा समस्या अाएपछि उहाँ उपचारका लागि अस्पताल जानु भएको थियो ।
प्रकाशित मिति : May 18, 2021 at 3:01 pm



