काेराेना संक्रमबाट जसपाका केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन
४ जेठ, काठमाडाैँ । काेराेना संक्रमबाट जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । सिंहको कोरोना संक्रमण भएपछि वीरगञ्जमा उपचार गरिएकाे थियाे । । तर अवस्था बिग्रिँदै गएपछि साेमबार हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको मेडिसीटीमा भर्ना गरिएकोमा आज उहाँकाे निधन भएको हाे । नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लड्नुभएकाे थियाे ।
प्रकाशित मिति : May 18, 2021 at 2:37 pm



