८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

आज निषेधाज्ञाको २० औँ दिन, उपत्यकामा सवारीसाधन कम सञ्चालन

४ जेठ, काठमाडाैँ । निषेधाज्ञाको २० औँ दिन आज मंगलबार काठमाडाैँ उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् ।  काठमाडाैँ उपत्यकाका तीन जिल्ला काठमाडाैँ, ललितपुर र भक्तपुरमा अत्यावश्यक सेवाका , खाद्यान्न बोकेका, सरसफाई, स्वास्थ्य तथा सञ्चार क्षेत्रमा कार्यरतहरुका सवारी साधन निर्वाध सञ्चालन भएका छन् ।

फाट्फुट् बिना सवारी पास सवारी लिएर सडकमा निस्केका सर्वसाधरणलाई प्रहरीले चेकजाँच गरि नियन्त्रणमा लिएको छ । अनुमति विना हिडडुल गरेर प्रहरीको होल्डिङ सेन्टरमा रहेकाहरु पनि मंगलबार तुलनात्मक रुपमा न्यून नै छन् ।

काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली नेतृत्वको अनुगमन टोलीको सक्रियता बढेसंगै विना अनुमति सवारी साधन लिएर बारिह निस्कनेहरुमा कमि आएको हो । त्यसैगरी निषेधाज्ञा उलंघन गर्नेलाई प्रहरीले जरिवाना गर्न थालेपछि पनि निषेधाज्ञाको पालना गर्ने क्रम बढेको हो ।

 

प्रकाशित मिति : May 18, 2021 at 2:14 pm