प्रधानमन्त्री ओलीको सपथविरूद्ध परेको चारवटै रिट प्रधानन्यायाधीश राणाको इजलाशमा
४ जेठ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरूद्धमा परेका चारवटै रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलाशमा परेको छ । मंगलबार सुनुवाइ हुन लागेका चारैवटा रिट प्रधानन्यायाधीशको इजलाशमा राखिएको हो ।
प्रधानमन्त्रीले त्यो पर्दैन भन्ने शब्द सपथमा प्रयोग भएको थियो । शुक्रकार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने क्रममा प्रधानमन्त्रीले त्यो पर्दैन भन्दै राष्ट्रपतिले भनेको शब्द उच्चारण गर्न अस्वीकार गर्नुभएको थियो । उक्त अभिव्यक्तिका विरूद्धमा अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : May 18, 2021 at 10:56 am



