डा बाबुराम भट्टराई माथि गम्भीर प्रश्नः कसको आदेशमा अमर लामालाई गोली हानेको ?
४ जेठ, काठमाडाैँ । जेठ ३ को सेरोफेरोमा हरेक वर्ष जननेता मदनभण्डारीको हत्याराको खोजी हुन्छ । विगतमा कोठे बैठक र श्रद्धाञ्जली कार्यक्रमा हुनेगरेको खोजी अहिले आमसञ्चार माध्यम र समाजिक सञ्जालमा पनि हत्याराको उत्तिकै खोजी हुने गरेको छ । भण्डारीको मृत्यु रहस्यमय रहेको कुरामै कसैको दुई मत नै छैन ।
हिजो जेठ ३ मा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन धेरैले माग गरे । अझ धेरैले मदन पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति र एमालेकै नेता केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा पनि हत्यारा पत्ता नलगाए कहिले लाग्छ रु भन्ने प्रश्नहरू उठेका छन । यो प्रश्न हिजोमात्र हैन वर्षौदेखि उठ्दै आएको छ ।

चालकमात्र सकुशल भएर जननेता मदन भण्डारी र कुशल संगठक जीवनराज आश्रितको निधन भएको उक्त घटनाका साक्षी अमर लामको पनि हत्या भएपछि त्यसलाइ प्रमाण नष्टको रूपमा बुझिन थालिएको छ । जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराइले भण्डारीको हत्याको सम्बन्धमा छावविन गर्नुपर्ने भनेर माग गर्नुभयो । माग गर्नु स्वभाविक पनि हो ।
डा बाबुरामको प्रश्नमा अर्को गम्भीर प्रश्न थिपएको छ ? एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघका सह अध्यक्ष किरण पाैडेलले मदन भण्डारीको हत्याकाण्डका एकमात्र जीवित साझी चालक अमर लामाको हत्याका सम्बन्धमा प्रश्न उठाउनुभएको छ । उहाँले भन्नुभएको छ ‘हत्याकाण्डका एकमात्र जिवित साक्षी अमर लामालाई तिमीहरु(बाबुराम)ले खेदी-खेदी गोली हानेको कस्को आदेशमा हो खोई ?’ अब के बाबुराम भट्टराईले यसको जवाफ दिनुहोला त ?

प्रकाशित मिति : May 18, 2021 at 8:55 am



