१४ मंसिर २०८३, आइतबार | Sun Nov 29 2026

नेता भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री

https://www.muktinathbank.com.np/online/loan-application

३ जेठ, फुङ्लिङ । नेकपा (एमाले) नेता तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईका समन्वयमा ताप्लेजुङमा स्वास्थ्य सामग्री उपलब्ध हुने भएको छ । कोभिडको संक्रमण बढ्दै गएपछि नियन्त्रण लागि आवश्यक सामाग्री काठमाडौंका आज ताप्लेजुङ पठाइएको जनाइएको छ ।

उहाँका स्वकीय सचिव प्रेम गुरागाईँले सात थान अक्सिजनसहित अक्सिज, एन ९५ मास्क १०० थान, गाउन १०० थान, पन्जा १०० जोर, मास्क २००० थान, सेफ्टी चस्मा ५० थान र सेनिटाइजर २० लिटर काठमाडौँबाट ताप्लेजुङ पठाइएको बताउनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डा सोनिङ लामाले जिल्ला अस्पतालमा आवश्यक सामग्री माग गरेपछि पठाइएको हो ।

 

प्रकाशित मिति : May 17, 2021 at 5:53 pm

https://www.nabilbank.com/individual
https://www.ctznbank.com.np/
https://www.nimb.com.np/