पछिल्लो २४ घण्टामा थपिए ९२४७ काेराेना संक्रमित
३ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ६५३ जनाको पीसीआर परीक्षण र ४३४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ । याेसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । साथै निको हुने संख्या ३ लाख ४५ हजार ५२३ पुगेको छ । पछिल्लाे २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । याेसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : May 17, 2021 at 5:21 pm



