चीनले दिएको दोस्रो चरणको अक्सिजन सिलिण्डर काठमाडौँ आइपुग्यो
३ जेठ, काठमाडौँ । चीन सरकाले अनुदानमा दिएको थप अक्सिजन सिलिण्डर काठमाडौँ आइपुगेको छ । आइतबार र सोमबार गरी ९७५ अक्सिजन सिलिन्डरद काठमाडौँ आइपुगेको हो । नेपाल वायुसेवा निगमको वाइडबडी विमानले आइतबार ५७५ र सोमबार ४०० सिलिण्डर अक्सिजन ल्याएको हो । विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो । विमानले १५७ थान अक्सिजन कन्सन्ट्रेटर पनि ल्याएको छ ।

प्रकाशित मिति : May 17, 2021 at 5:31 pm



