८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

काेराेना संक्रमणका कारण दाङमा पत्रकारको मृत्यु

३ जेठ, काठमाडाैँ । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण निधन भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको आज दिउँसो उपचारकै क्रममा निधन भएको हो। वैशाख २१ गते अस्पतालमा भर्ना भएका बस्नेतमा २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।

 

 

प्रकाशित मिति : May 17, 2021 at 4:50 pm