८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

भरतपुर अस्पताललाई एक्सपर्टद्वारा अक्सिजन सिलिण्ड सहयोग

३ वैशाख, चितवन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । एक्सपर्टले करिब रु चार लाख बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले सो सिलिण्डर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीलाई हस्तान्तरण गर्नुभएको हो । अहिलेको महामारीमा मात्र नभई दीर्घकालीनरूपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरी अस्पताललाई सहयोग गरिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–१ रामनगरमा रहेको स्वर्गद्वारी ग्यास उद्योगबाट अक्सिजन सिलिण्डर खरिद गरी भरतपुर अस्पतालमा सहयोग गरिएको हो । प्रबन्ध निर्देशक अधिकारीले भन्नुभयो, “सरकारी अस्पतालमा विपन्नदेखि सबै प्रकारका परिवारका बिरामीको उपचार हुन्छ, सामान्यस्तरका जनता अक्सिजन नपाएर मर्न नपरोस् भनेर सहयोगलाई अगाडि बढाएका हौँ ।” उहाँले अधिकारीले हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक रिफिलको खर्च पनि एक्सपर्टले नै बेहोर्ने जानकारी दिनुभयो ।

सो कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रकाशित मिति : May 17, 2021 at 9:59 am