८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026

नेकपा एमालेका नेता विष्णु रिजाल बीस दिनपछि कोरोनामुक्त

२ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता विष्णु रिजाल बीस दिनपछि कोरोनामुक्त हुनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत बीस दिनपछि कोरोनामुक्त भएको जानकारी दिनुभएको  छ।

उहाँले भन्नुभएको छ ‘बीस दिनपछि आज कोरोना संक्रमणबाट मुक्त भएको छु । यसबीचमा विभिन्न माध्यमबाट मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने प्रिय आफन्तजनहरू, आदरणीय नेताहरू, शुभेच्छुकलगायत सबै मित्रहरूप्रति आभारी छु । यस विपद्को घडीमा उच्च मनोवल र आवश्यक सावधानीका साथ कोभिडविरूद्धको लडाइँ लड्न र त्यसमा सफलता प्राप्त गर्न म सबैलाई अपिल गर्दछु ।’

प्रकाशित मिति : May 16, 2021 at 10:39 pm