भक्तपुरका दुई अस्पतालमा सुविधा थप्न ६ करोड ९२ लाख बजेट स्वीकृत
२ जेठ, काठमाडौँ । सरकारले भक्तपुरका दुई अस्पतालको सुविधा विस्तारका लागि ६ करोड ९२ लाख बजेट स्वीकृत गरेको छ । आइतबार मात्रै सांसद महेश बस्नेतसहितको टोलीले अनुगमन गरेर अस्पतालका लागि आवश्यक सामग्री र पूर्वाधारको विषयमा संघीय सरकारको ध्यनाकर्षण गराएको थियो ।
केहीबेर अघि सामाजिक सञ्जाल मार्फत सांसद बस्नेतले भक्तपुर अस्पताल र नेपाल कोरिया अस्पतालमा एचडियु, आइसियु, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क निर्माणका लागि बजेट स्वीकृत गरिदिएको भन्दै सरकालाइ धन्यवाद दिनुभएको छ ।
आजैमात्र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, डब्लूएचओका नेपाल प्रतिनिधि,अस्पतालको मेडिकल सुपरिटेण्डेन सुमित्रा गौतमसँगै बसेर छलफल गर्दै सांसद बस्नेतले निरीक्षण गर्नुभएको थियो ।

प्रकाशित मिति : May 16, 2021 at 10:32 pm



