पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि
२ जेठ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।
प्रकाशित मिति : May 16, 2021 at 4:30 pm



