८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

त्रिशूली अस्पतालमा उपचाररत २ काेराेना संक्रमितकाे मृत्यु

२ जेठ, नुवाकोट । त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ ।

यस्तै आज नै किस्पाङ गाउँपालिका ५ का ३३ वर्षीय एक पुरुषको अस्पतालमा ज्यान गएको छ । शनिबार अस्पताल भर्ना भएका ती युवकको स्वास्थ्यमा जटिलता थपिए पनि सघन उपचार कक्ष खाली नभएका कारण थप उपचार गर्न नसकी निधन भएको त्रिशूली अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो । नुवाकोटमा शनिबार २०३ जनाको परीक्षण गर्दा ८२ संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएका छ । हाल जिल्लामा ६६८ सक्रिय संक्रमित छन् ।

 

प्रकाशित मिति : May 16, 2021 at 1:18 pm