८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

हेटौंडामा थप ४ जना कोराेना संक्रमितकाे मृत्यु

२ जेठ, हेटौंडा  । मकवानपुरमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा तीनजना महिला र एकजना पुरूष रहेका छन्। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौंडा अस्पतालमा उपचाररत ४ जना काेराेना संक्रमितको मृत्यु भएको हो। शनिबार २ जना र आइतबार विहान २ जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका कोभिड इञ्चार्ज सागर काफ्लेले जानकारी दिनुभयाे।

मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१४ की ७४ वर्षीया महिला, हेटौंडा–१४ की ४८ बर्षीया महिला, हेटौंडा–८ की ६१ वर्षीया महिला र हेटौंडा–२ चौकीटोलका ६४ बर्षीय एक पुरुष रहेका छन्। ४ जना वैशाख २६ गते कोरोना पोजेटिभ पुष्टि भई अस्पतालमा उपचाररत थिए।

 

प्रकाशित मिति : May 16, 2021 at 12:38 pm