मस्कटबाट आइपुग्यो ५३० थान अक्सिजन सिलिण्डर
१ जेठ, काठमाडाैँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्यापुर्याएको छ ।
गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा ओमनबाट सहयोगस्वरुप प्राप्त भएको ५६० थान अक्सिजन सिलिन्डर वाइड बडी ‘ए’ ३३० जहाज मार्फत अहिलेकेहीबेर अघि मस्कटबाट आइपुगेको हो ।
यस्तै, बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी जहाज आज राति ११ बजे बेइजिङ्ग जाँदैछन ।

प्रकाशित मिति : May 15, 2021 at 8:57 pm



