८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

३१ वैशाख, साेलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मिता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवतीलाई ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत उद्धार गरी काठमाडौँको प्रसूति गृह अस्पताल, थापाथली लगिएको हो । दुईदिन देखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि थप उचारका लागि पठाइएको हो ।

प्रकाशित मिति : May 14, 2021 at 6:16 pm