४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पर्यटन क्षेत्रको उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन मन्त्री ढकालको निर्देशन


३१ वैशाख, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानु भक्त ढकालले पर्यटन क्षेत्रको विकास र विस्तार भन्दा पनि उद्धार र राहतमा केन्द्रीत हुनेगरी नीति बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गरेसँगै उहाँले कर्मचारीलाई निर्देशन दिँदै कोभिड १९ कारण थला परेको पर्यटन व्यवसायले राहत पाउनेगरी नीति बनाउन निर्देशन दिनुभयो । उहाँले नीति र बजेट दुबै प्रभावकारी हुने गरी तयारी गर्न निर्देशन दिनुभयो ।

ठूलो दलको सरकारबाट बहुमतको हुँदै सुदृढ सरकार बन्ने भन्दै सरकार केही हुन्छ कि भनेर चिन्ता नगरी काम गर्न निर्देशन दिनुभयो । उहाँले विगतमा जस्तै भोलिको दिनमा सहयोग हुने अपेक्षा व्यकक्त गर्नुभयो । समयको माग अनुसार व्यवहार गर्नुपर्ने भन्दै उहाँले सेवामा समर्पित हुनुपनेर्ने बताउनुभयो । उहाँले कुनै समस्यामा भए आफूकहाँ ढुक्कसँग राख्न अनुरोध गर्नुभयो ।

मन्त्री ढकालले  पशुपति आर्यघाटमा कोभिड १९ संक्रमित भएका शव दाहसंस्कारमा संलग्न हुने कर्ममचारीलाई प्रोत्साहन भत्तास्वरूप प्रति शव एक हजार रूपैयाँ दिने निर्णयको फाइल सदर गर्नुभयो । यसअघि सरकारले निर्णय गरेर जोखिम भत्ता दिने निर्णय गरेको भए पनि पशुपति आर्यघाटमा शव दाहासंस्कारमा सहभागी हुने कर्मचारी परेका थिएनन् । अब उनीहरूले पनि प्रोत्साहन भत्ता पाउने भएका छन।

सो अवसरमा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले मन्त्रालयमा भैरहेको कामको बारेमा जानकारी गराउनुभएको थियो । समारोहमा मन्त्रालयमा सहसचिव, विभागका प्रमुख र संस्थानका प्रमुखहरू पनि उपस्थित रहनुभएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार १८:१८