८ श्रावण २०८३, शुक्रबार | Sat Jul 25 2026

पर्सामा एकै दिन भेटिए १६५ काेराेना संक्रमित

३१ वैशाख, पर्सा । यहाँ आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् ।

सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा ३२, रौतहट चार र सप्तरी तथा महोत्तरीका एक–एकजना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिनुभयो । भेटिएका सङ्क्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनिया जस्ता लक्षण रहको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : May 14, 2021 at 1:00 pm